हेटौंडा । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आईतबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ४५ ४५औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले मकवानपुरद्धारा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
हेटौँडा–५, स्थित जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा ७ जना महिला र २५ जना पुरुषले रक्तदान गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।