माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला नेताहरू एमाले प्रवेश

हेटाैँडा । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा, केन्द्रीय संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेकाे बताउनु भयाे । नेकपा एमाले मकवानपुरद्वारा ४५ औ पुष्पलाल स्मृति दिवसकाे अवसरमा आयाेजित प्रवचन कार्यक्रममा बाेल्दै नेता अधिकारीले नेकपा एमाले बलियाे हुनु कम्युनिष्ट आन्दाेलनलाई मात्र हाेईन मुलुककै आवश्यकता भएकाे बताउँनु भयाे ।
उहाँले समाजवादमा पुग्नकाे लागि संघीय लाेतान्त्रिक गणतन्त्रकाे सुदृढ गर्दै राष्ट्रिययता, विकास र समृद्विकाे लागि मुलुकमा नेकपा एमालेकाे नेतृत्व विना सम्भव नहुने बताउनु भयाे । नेपाली कम्युनिष्ट आन्दाेलनमा पुष्पलालकाे याेगदानबारे चर्चा गर्दै, पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा बैचारिक आधार खडा गर्नु र लाेकतन्त्रकाे लागि संयुक्त जनआन्दाेलनकाे प्रस्ताव महत्वपूर्ण रहेकाे बताउँदै नेता अधिकारीले संयुक्त जनआान्दाेलनकाे प्रस्तावलाई नेपाली काँग्रेसले नटेर्दा मुलुकमा २०१७ सालकाे निरंकुश शासन आएकाे तर उहाँले राख्नु भएकाे प्रस्ताव स्वीकार्दा २०४६ र २०६२/०६३ सालकाे जनआान्दाेलन सफल भई लाेकतन्त्र र गणतन्त्र ल्याउन सफल भएकाे बताउनु भयाे ।
कार्यक्रममा पाेलिटव्यूराे सदस्य तथा मकवानपुर इञ्चार्ज देवि ज्ञवालीले दुःख, कष्ट र संकटमा जाे टिक्न सक्छ त्यहि नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताउनु भयाे । उहाँले मकवानपुर जिल्लालाई नेकपा एमाले बलियाे पार्टी बनाउने र पहिलाे बन्ने दावि गर्नुभयाे । कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दाेलनम विशेष याेगदान रहेकाे बताउनु भयाे । उहाँले क्रान्तिकाे शत्रु र मित्र छुट्याएर सहि वर्ग विश्लेषण गर्नुभएकाे भन्दै आजकाे एमाले पुष्पलालकाे विरासत भएकाे बताउनु भयाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र, मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दाेर्जे पाख्रिन, गंगा भट्टराई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका संजेल, विष्णुमाया सापकाेटा, गाेविन्द देवकाेटा, बकैया गाउँपालिका कमिटीका सदस्य कृष्ण बहादुर भाेलनलगायत प्रवेश गरेकाे नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिनु भएकाे छ ।
कार्यक्रममा दिल दाेर्जे पाख्रिनले हिजाे नाैलाे जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएकाे र माओवादी पार्टीमा विचलन भएकाेले व्यक्तिवादी हावी भएकाे, जनता र मुलुककाे भविष्य नरहेकाे बताउनु भयाे । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वकाे गल्ति भएकाे र मुहान सफा हुनु पर्ने बताउनु भयाे । माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्नु हुने गंगा भट्टराईले गणतन्त्र आईसकेपछि माओवादी केन्द्र मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने विश्वास हटेकाे बताउँदै एमालेप्रति विश्वास भएकाेले प्रवेश गरेकाे बताए । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला नेताहरूकाे उपस्थिती थियाे ।