सुनचाँदी अहिलेसम्मकै महँगाे भएको छ । सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको जेठ १९ गते सुनको d’No अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै d’No बढिरहेकाले नेपालमा पनि d’No बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगाे भएको छ । चाँदीकाे d’No तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।