हेटौंडा– हेटौंडा उपमहानगरपलिकाले डाइलासिस् सेवालाई थप प्रभावकारी बनाउँन हेटौंडामा दुई वटा डाइलासिस् मेसिन थप गरेको छ । किड्नीका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनले हेटौंडा ११ चुरेहीलमा सञ्चालन गरेको दुई मेसिन हेटौंडा अस्पतालमा रहेको हेटौंडा डाईलासिस्मा थप गरेको हो ।
चुरेहीलमा डाईलासिस उपचार बन्द भएपछि मेसिनलाई हेटौंडा डाईलासिस्मा प्रयोगमा ल्याउन उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै सोमबारबाट अस्पतालमा थप मेसिन सञ्चालनमा ल्याएको नगर प्रमुख मीनाकुमारी लामाले बताउनु भयो । मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिर्दै आएका बिरामी सेवा बाट बञ्चित हुने र सेवा लिनका लागि बाहिर जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता रहेको थियो । उपमहानगरको पहल पछि उहाँहरुले उपचार सेवा हेटौंडामै पाउने अवस्था बनेको हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाहरुको सहयोगमा उपमहानगरले सुरु गरेको डाइलासिस सेवालाई थप प्रभाकारी बनाउँ लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईंले खानपान र औषधि जन्य पदार्थको सेवनमा ध्यान नदिँदा किड्नीका बिरामीको संख्या अधिक मात्रमा बढेको बताउनु भयो। उहाँले रोगको उपचार भन्दा पनि त्यसको निरुसाहनको पाटोमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले अहिले पनि डाइलासिस् सेवा लिनका लागि ४५ जना बिरामी पर्खाइमा रहेको बताउनु भयो। उहाँले हेटौंडा डाईलासिस्वाट हप्तामा ११० जना सेवाग्राहिलाई उपचार सेवा दिनुपर्ने अवस्था रहेको बताउनु भयो । कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सविन न्यौंपाने, १० का अध्यक्ष फुर्वा दोर्जे लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो । अहिले हेटौंडा डाइलासिस्मा १३ वटा मेसिनबाट उपचार सुबिधा दिँदै आएको छ भने एक मेसिन मर्मतको क्रममा रहेको अस्पतालले जनाएको छ ।