file photo

मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला नजिकै सोमबार दिउँसो २ बजेतिर सुख्खा पहिरो खस्न थालेको हो ।
सडकको पहिरो हटाउन मुग्लिनबाट प्रहरी टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ । साथै सडक डिभिजन भरतपुरसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिन-नारायणगढ सडक खण्डका विभिन्न स्थानमा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पछिल्लो शनिबार दिउँसो पनि पहिरोले सडक अवरुद्ध हुँदा आइतबार बिहान मात्रै सडक खुलाइएको थियो ।