मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले विभिन्न अनलाईन मिडियामा आएको समाचारका विषयमा ध्यानाकर्षण जनाएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले गत असा २० गते पत्राकार दिलबहादुर लामासंग जिल्ला समन्व्य समिति र स्वयम प्रमुखलाई समेत जोडेर समाचार प्रकाशन भएको प्रति ध्यानाकर्षण जनाउनु भएको हो ।
सोमबार एक ध्यानाकर्षण पत्र जारी गर्दै जिसस प्रमुख घलानले जिसस मकवानपुरसँग कुनै जानकारी नै नलिई कपोकल्पीत रुपमा प्रकाशित उक्त समाचारमा कुनै सत्यता नरहेको समेत बताउनु भएको छ । उहाँले जिसस मकवानपुरमा दरबन्दी सृजना गर्ने कुनै कनूनी आधार नभएको अवस्थामा निज पत्रकार दिलबहादुर लामालाई गत पौष १ गतेको बोर्ड बैठकले अवैतनीक (पारिश्रमिक नपाउने) रुपमा यस कार्यालयको प्रेस संयोजक तोकेको, तर, समाचारमा भनेझै नीज लामालाई कुनै प्रलोभन नदिईएको साथै उनी कार्यालयको कार्यक्रम विशेषमा मात्र सहभागि हुने गरेको स्पष्ट गराउनु भएको छ । उहाँले उक्त समाचार कपोकल्पीत भएको र त्यसमा सत्यता नभएको हुँदा भ्रममा नपर्न समेत सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।