आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा आज ओमान र वेस्ट इन्डिज खेल्दै छन् । खेल जिम्वावेको हरारेमा दिउँसो पौने १ बजे हुनेछ । वेस्ट इन्डिज नेपाल रहेको समूह ए मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

ओमान भने समूह बी को तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो । दुवै राष्ट्रको विश्वकपमा छनोटको सम्भावना सकिसकेकाले खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । श्रीलंका भने एक खेल अगावै विश्वकपमा पुगिसकेको छ । स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकपमा छनोटका लागि प्रतिस्पर्धामा छन् । भोलि स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।