सुन चाँदीको मुल्य आज बढेको छ । सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
सुन हिजो तोलामा एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।