हेटौंडा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शुक्रबार हेटौंडामा ‘गौरव यात्रा’ मनाएका छन् । यौनिक तथा लैंगिक समुदायकाले प्रत्येक बर्ष अंग्रेजी संवत अनुसार जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउँने गरेहका छन् ।

सोहि अनुरुप फ्रेन्डस मकवानपुर, निलहिरा समाज लगाएतका संसथाहरुको संयोजनमा मकवानपुर जिल्लामा रहेका यौनिक ताथा लैंगिक अल्पसंख्यकहरुले पनि जुन महिनाको अन्तिम दिन शुक्रबार हेटौंडाको बजार क्षेत्रमा ‘गौरव यात्रा’ निकाल्दै जुन महिनालाई गौरवको महिनाको रुपमा मनाएका छन् । १९९० मा अमेरिकाको स्टोङवालमा रहेको एक होटलमा तेस्रोलिंगी समुदायमाथि भएको दुव्र्यवहारको घटनाको सम्झनाको स्वरुपमा विश्वभर जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउँने प्रचलन छ । मकवानपुरमा ३ सय भन्दा धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मासिनहरु भएको यससँग संबन्धित संघसस्थाहरुको तत्थ्यांकमा उल्लेख गरिएको छ ।

फोटो सौजन्यः फ्रेन्डस हेटौंडा