हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । हेटौंडा–९ मा रहेको नवदुर्गा भवानी मन्दिर संरक्षण समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नकारात्मकताले समाजमा बिकृती निम्त्याएको भन्दै समाज सुधार गर्न जरुरी रहेको बताउनुभएको हो ।

उहाँले समाजमा शान्ति, उन्नती र प्रगतिकालागि सकारात्मक सोँचको विकास हुनुपर्ने बताउनुभएको हो । काम गर्नेलाई समेत अहिले नकारात्मक टिप्पणी गरेर निरुत्साहित गर्ने प्रबृतिको विकास भएको भन्दै यस्तो कार्यको सुधार आवश्यक रहेको बताउनुभएको छ । सबैको प्रतिबद्धताले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गर्न सकिने भन्दै प्रमुख खुलालले वडाको विकासकालागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले धार्मिक संस्कृतिक संरक्षणमा सदैव सहयोग गर्ने बताउनुभएको छ । उहाँले समाजमा रहेका बिकृती र विसंगतिका विरुद्धमा वडा कार्यालय प्रतिवद्ध भएर लागेको बताउनुभयो । वडाअध्यक्ष भण्डारीले समाज सुधारको लागी सबैको साथ आवश्यक रहेकोले सहयोगको अपेक्षा गरेको समेत बताउनुभएको छ ।
नवदुर्गा भवानी संरक्षण समितिका अध्यक्ष शम्भु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष ईश्वरी न्यौपाने, सल्लाहाकारहरु कुमार पौडेल, प्रकाश पौडेल, यदुवंश खतिवडा, श्याम पाठकलगायतको सहभागिता रहको थियो । कार्यक्रममा अध्यक्ष सापकोटाले संस्थाको प्रगति प्रतिवेदन, कोषध्यक्ष हरिकुष्ण श्रेष्टले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव प्रदिप पराजुलीले कार्यक्रम संचालन गर्नुभएको थियो ।