मकवानपुर । हेटौँडामा भएको प्रथम बागमती प्रदेश युवा सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रदेश युवा परिषद्को आयोजनामा हिजो र आज दुई दिनसम्म भएको सम्मेलनमा सहभागी युवाहरूबाट प्राप्त सुझावका आधारमा ११ बुँदे घोषणापत्र जारी गरिएको हो ।
बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ती विषयलाई घोषणापत्रको रुपमा तयार गरीएको हो । उक्त घोषणापत्र प्रदेश तथा संघीय सरकार समक्ष प्रस्तुत गरी ती विषयहरुलाई सरकारको नीति तथा कार्यक्रमहरु मार्फत सुनुवाई गर्न पैरवी गर्ने बताईएको छ ।
कार्यक्रमको समापनका अवसरमा दुइ दिन सम्म बिबिध विषयमा भएको छलफलबाट प्राप्त सुझाव समेटिएको घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हस्तान्तरण समेत गरिएको छ । मुख्यमन्त्री जम्मकट्टेललाई घोषणापत्र हस्तान्तरण गर्नुहुँदै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको घोषणापत्र लागु गर्न आग्रह समेत गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने बताउनुभयो । युवाहरुलाई निरास नहुन आग्रह गर्दै उहाँले भन्नुभयो–‘सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न लागेको छ । अब क्षमता अनुसारको रोजगारी दिनेगरी काम गर्ने योजना बनाउँदै छौं ।’ प्रदेश सरकारले खेलकुद र युवाको क्षेत्रमा महत्व दिएर काम गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दुईदिने कार्यक्रमको उदेस्य पुरा भएको बताउनुभयो । युवाहरुको क्षेत्रमा प्रदेश सरकारले राम्रो काम गरेर देखाउने बताउनुभयो । कार्यक्रममा बिभीन्न बिधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो । भने, कार्यक्रममा सहभागि युवाहरुलाई मन्त्री मुक्तानले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीरुपमा छनौट भई आएका १५० युवाहरुको सहभागितामा रहेको थियो ।
यस्तो छ, ११ बुँदे हेटौंडा घोषणापत्र ।