चालु आर्थिक बर्ष ०७९।८० को जेठ महिनासम्म चितवन राष्ट्रिय निकुञ्जमा ११७ वटा वन्यजन्तुको उद्धार गरिएको छ । निकुञ्जका अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी अजिङ्गरको उद्धार गरिएको छ । जसअनुसार सो अवधिमा ७४ वटा अजिङ्गर, ११ वटा सर्प, ११ वटा चित्तल, पाँच वटा घडियाल गोहीको उद्धार गरिएको थियो ।
यस्तै निकुञ्जले पांँचवटा गैँडा, चारवटा बाघ, २ वटा कछुवा र एक एक वटा गोहोरो , सुनगोहोरो, सालक , मगर गोही, जरायोको उद्धार गरिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले ११ महिनामा ती वन्यजन्तुलाई उद्धार गरी निकुञ्जमा छाडिएको जानकारी दिनुभयो । वन्यजन्तुलाई घाइते, बिरामी , बाटो बिराएको , बाढीले बगाएको र बस्तीमा छिरेको अवस्थामा उद्धार गरिएको तिवारीले बताउनु भयो ।