file photo

मकवानपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा नर्सहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभउको छ । राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै मन्त्री लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्रमा नर्सहरुको योगदानको प्रशंसा गर्नुहुँदै सन्देशमा उहाँले भन्नुभएको छ “कोभिड–१९ को महामारीविरुद्ध यहाँको दृढता, प्रतिवद्धता र इमानदारीका साथ अहोरात्र खटिई संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापन गर्दै पहिलो र दोस्रो लहरको महामारीका साथै हाल देखिएको तेस्रो लहरमा देखाएको मानव स्वास्थ्यको उचित व्यवस्थापन प्रशंसनीय छ ।’ शुभकामना सन्देशमा उहाँले नर्सहरुको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारको प्रगतिको लागि विरामीको आत्मबल बढाउन दिने निरन्तरको हौसलाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभएको छ ।