जिल्ला अदालत, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि आज मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तहरूलाई थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
सोही प्रकरणमा पक्राउ परेका लक्ष्मी महर्जन र टङ्क कुमार गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ । महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख रुपैयाँ धरौटी माग भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले रेडियो नेपाललाई जानकारी दिनुभयो ।