मकवानपुर । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित एक दर्जन अधिकारीको सरुवा गरेकाे छ । गृह मन्त्रालयले सिडिओसहित गृहका १२ अधिकारीको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पनि सरुवा गरेको छ । मन्त्रालयले पाण्डेलाई सिरहाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो । यस्तै मकवानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा सूर्य सेढाई आउनु हुने भएको छ । उहाँ यसअघी खोटाङको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्र