लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मङ्गलवार बसेको दोस्रो अधिवेशनको दसौँ बैठकले बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गरेका थिए । ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ ।