विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताउनु भएको हो । जसका कारण चालु आर्थिक वर्ष २०७९र८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ ।
मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको अर्थ मन्त्री डा.महतले बताउनु भयो । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उहाँले यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताउनु भयो ।