सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बहुमतले पारित भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको दुवै सदनको संयुक्त बैठकले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली,२०८० बहुमतले पारित गरेको हो ।
संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस् भनी सभासमक्ष पेश गर्नुभएको थियो । बैठकले सांसद डा.अमरेशकुमार सिंह, प्रभु साह, सुमोना श्रेष्ठ, डा.विमला राई पौड्याल, र प्रेम सुवालले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकार गरेको थियो ।