मकवानपुर – हेटौंडामा शुक्रबार स्थानीय सुशासन प्रवद्र्धन र योजना तर्जुमा तथा क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकानपुरको आयोजनामा जिल्लाका स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा स्थानीय सुशासन प्रवद्र्धन र योजना तर्जुमा तथा क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय तहको योजना कार्यान्वनका क्रममा संघ एवम् प्रदेश सरकारसँग भोग्नु परेको समस्या र अपेक्षाका बारेमा छलफल गर्नुका साथै योजना तर्जुमामा बर्तमान समस्या र भाबी योजनाको बारेमा समेत आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले प्रदेश एवम् संघीय सरकारले योजना कार्यान्वयनका क्रममा स्थानीय तहसँग समन्वय नभएका कारण समस्या भएको बताउनुभयो । यस्तै स्थानीय तहको मुख्य आम्दानीको स्रोत ढुंगा, गीट्टी, बालुवा सम्बन्धी समस्या, योजना कार्यान्वयन, कानुन निर्माणलगायत विषयमा पनि समन्वय हुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा स्थानीय योजना तर्जुमा तथा अन्तर–सरकार योजना समन्वय र अनुकुलनका पाटाका विषयमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरविक्रम थापा, र स्थानीय तहको सुशासन प्रबद्र्धन एवम् सेवा प्रवाह तथा गृह प्रशासनको भुमिकाका विषयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सहजिकरण गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजनाका उपाध्यक्ष नरबिक्रम थापा, जिल्ला समन्व्य समितिका उपप्रमुख सानुकाजी लुईटेल, हेटौंडा उपमहानगरपालिकाका मेयर मेयर मिना कुमारी लामा, थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर बिष्टलगायत जिल्लाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, योजनाशाखा अधिकृत लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।