उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेकाे छ । आज शुक्रवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे पहिलाे सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५–१७, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले जित्याे । आजै अर्काे सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ४ बजे त्रिपुरेश्वरकाे कभर्ड हलमा हुनेछ ।