हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ स्थित भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजकुमार मोक्तान सर्वसम्मत चयन हुनु भएकाे छ । शनिबार भएकाे भेलालले दाेस्राे कार्यकालका लागि पुनः माेक्तानकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
त्यस्तै व्यवस्थापन समिति सदस्यहरुमा वडा प्रतिनिधिबाट १४ नम्वर वडा सदस्य विना थिङ, विद्यालय प्रतिनिधिबाट विद्यालयका प्रधानध्यापक अच्युत कृष्ण रिजाल, निशा गुरुङ, जगत बहादुर सिन्तान, राम बहादुर भ्लोन, पार्वती लोप्चन, सुनामाया पाख्रिन सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा राम बहादुर रुम्बा र विजयी थिङ् चयन भएकाे विद्यालय व्यवस्थापन समितिका सदस्य निशा गुरुङले जानकारी दिनुभयाे ।
वि.सं. २०७७ सालमा अध्यक्ष हुनुभएका मोक्तानले दोश्रो कार्यकालसम्म जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन र विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे । अध्यक्ष मोक्तानले यसअघिको पहिलो कार्यकालमा कोभिडका कारणले गर्न नपाएका कामहरु दोश्रो कार्यकालमा गर्ने समेत बताउनुभयाे । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ३ सय ३० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।