मकवानपुरमा अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को रौनक मंगलबारबाट सुरु भएको छ । जिल्लामा विविध कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको मध्ये मंगलबार व्यवसायिक प्याराग्लाइडिङको परीक्षण गरेर भ्रमण वर्षको स्वागत गरिएको छ । मकवानपुरको मानवनिर्मित इन्द्रसरोबर जलाशय किनारमा पर्यटन वर्षमा ब्यवसायीक उडान गर्नेगरी प्याराग्लाइडिङको परीक्षण तथा विविध सांस्कृतिक कार्यक्रम गरेर अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरिएको हो ।

प्याराग्लाइडिङ उडाउने विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलााल, गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलगायतले माला लगाएर स्वागत गर्नुभएको थियो । ईन्द्रसरोवर गाउँपालिकाले भ्रमण वर्षको स्वागतका लागि मंगलबार ईन्द्रसरोवर तालको किनारमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै प्याराग्लाइडिङको परीक्षण गरेको हो ।