एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हराएको छ । समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली जोर्डनलाई हराउँदै छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कायमै राखेको छ ।
समूह ‘एच’ को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएमा नेपाल अघिल्लो चरण पुग्ने सम्भावना छ । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो।