हेटौंडा । पूर्व प्रधानमन्त्री तथा हाम्रो नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नाममा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार क्षेत्रमा पहिचानवादीको ब्यानरमा गरिएको अभद्र व्यवहार तथा आक्रमण प्रयासप्रति नेकपा (एमाले) बागमती प्रदेश, संसदीय दलले भर्त्सना गरेको छ ।
आज एक बिज्ञप्ती जारी गर्दै दल नेता जगन्नाथ थपलियाले साबिकको प्रदेश १ लाई सोही प्रदेशका प्रदेशसभा सदस्यहरू मध्ये ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको कुरा जानकारी हुँदाहुँदै प्रदेशको नामाकरणको क्षेत्राधिकार नभएका सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि सत्तापक्ष के कार्यकर्ता समेतको नेतृत्वमा अभद्र व्यवहार हुनु गैर राजनीतिक एवम् निन्दनीय भएको बताउनुभयो । बिज्ञप्तीमा भनीएको छ” संसदीय दल पहिचानवादीका नाममा गरिने यस प्रकारका अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भ्रत्सना गर्दछ । साथै यस्तो अराजनीतिक कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि माग गर्दछ ।”