हेटौंडा । बागमती प्रदेश सुशासन केन्द्रमा कार्यकारी निर्देशकमा गोपालकृष्ण न्यौपाने नियुक्त हुनुभएको छ । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भरतपुरका न्याैपानेलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले अन्य तीन वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसको साथै बैठकले बागमती प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको छ ।
त्यसैगरी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको लगायतका निर्णय गरेको प्रबक्ता श्रेष्ठले बताउनुभयाे ।