हेटौंडा – बागमती प्रदेशको चालु अधिवेशन आज बुधवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक गएको पुस १८ गते बसेको थियो ।