file photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुशासन तथा समृद्दिको पथमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । १७ औं लोकतन्त्र दिवसको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले देश र जनतालाई सर्वोपरी ठानी लोकतन्त्रलाई दिगो र दरिलो बनाउँदै विकास, स्थिरता, सुशासन तथा समृद्दिको पथमा अघि बढ्न यो दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले दिवशका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै आफ्नो जीवनलाई लोकतान्त्रिक मुल्य, मान्यता, आदर्श र सिद्दान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्दाहरुप्रति उच्च सम्मान समेत प्रकट गर्नुभएको छ ।
प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा २०६२÷०६३ को वसन्तक्रान्ति पश्चात् मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभएको छ । हामीले यसलाई गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा मनाउँने गरेको प्रमुख शर्माको सन्देशमा भनिएको छ । ‘यही बलिदानको जगमा खडा भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको संविधान प्राप्त गरी अधिकार सम्पन्न नागरिक भएका छौं । यसर्थ पनि हामीले इतिहासप्रति सदैव गौरवबोध गर्नुपर्दछ ।’ प्रदेश प्रमुख शर्माले भन्नुभएको छ ।