हेटौंडा। बागमती प्रदेशमा खरको छाना मुक्त कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलय यस सम्वन्धी कार्यबिधि स्वीकृत गरेर खरको छानामुक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रदेशमा अझैपनि खरको छानामुनी बस्न बाध्य भएका परिवारलाई लक्षित गरी प्रदेश सरकारले बजेट ल्याएको र कार्यान्वयनमा लैजान लागिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
यस सम्वन्धी कार्यबिधि मन्त्रीले स्वीकृत गरेर कार्यान्वयनको चरणमा लगिएको हो । खरको छानामुक्त कार्यक्रमबाट स्थानीय स्तरमा आफ्नो नाममा जग्गा भएका लोपन्मुख दलित, जनजाती, सिमान्तकृत, बिपन्न र पिछडिएका वस्तीहरुमा खरको छाना मुक्त गर्ने उदेस्यले यो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । मानब बिकास सूचाङ्कमा सबै भन्दा कमजोर भएका स्थानमा प्राथमिकता दिइने भएको छ । खरको छाना हुँदा, हावा, हुरी, आगलागी जस्ता समस्या धेरै हुने भएकाले खरको छानामुक्त गर्न लागिएको हो ।