हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि आज मकवानपुर आउँदै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमनमा आउन लाग्नु भएको उहाँले महादेवटारसँगै फाष्ट ट्रयाक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्नुहुनेछ ।