बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गर्दै हुनुहुन्छ । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २५ गते नियुक्त हुनुभएको थियो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनु भएका जम्कट्टेलले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।











