भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
नियमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको छ । इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको निगमको भनाई छ ।