हेटौँडा । नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान(२०७९), अभियान उत्साहपूर्वक सञ्चालन भईरहेको नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङले बताउनु भएको छ । आज बसेको एमाले हेटाैंडा उपमहागरपालिका कमिटीकाे सचिवालय बैठकमा हेटौंडाका बैठकहरू सहभागितामूलक भएको र कमिटीका सदस्यहरूले खुलेर सुझाव दिनुभएकोमा धन्यवाद दिँदै उहाँले अभियानलाई रचनात्मक रूपमा सञ्चालन गर्नुपर्ने, मिसन बलियो संगठन र पहिलो बहुमतको पार्टी निर्माण मूल उदेश्य रहेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका सबै वडाहरूको बैठक बसी पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य वितरण, पार्टी प्रवेशको व्यवस्थापन, अवधि पुगेका कमिटीहरूको अधिवेशन, निष्क्रिय कमिटीहरू पुनः गठन, सामाजिक संघसंस्थाहरूको जनहित अनुकुल परिचालन, जनप्रतिनिधि, पार्टी कार्यकर्ता र जनताबीचमा अन्तरक्रिया, पार्टी र आन्दोलनमा योगदान गर्नुहुने व्यक्तित्वहरूको सम्मान गर्ने, नयाँ पुस्ताबीचको काम प्रभावकारी बनाउने कार्ययोजना तयार गरिसकेको उपमहानगरपालिका कमिटीको सचिव बोलबहादुर कार्कीले जानकारी दिनुभयो । बैठक उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गोपाल श्रेष्ठ, श्याम श्रेष्ठ, सम्राट तुम्बाहाम्फे, जिल्ला कमिटी सचिव नवीन सिग्देललगायत जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।