मकवानपुर । हेटौंडा-९, स्थित श्रीकृष्ण आदर्श आवासीय माविमा आइतबार हाेली पर्वकाे शुभकामना आदानप्रदान तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ।   सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरकाे आयाेजनामा कार्यक्रम भएको हो ।

केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्ष एवम् श्रीकृष्ण आदर्श आवासीय माविका संस्थापक अध्यक्ष नवीन केसीकाे प्रमुख आतित्थ्यता कार्यक्रम भएकाे हो । कार्यक्रममा विधालयका प्रीन्सिपल दुर्गा भट्टराई, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सुमन बाँनिया,जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रसनि सुर्य बहादुर श्रेष्ठको उपस्थित रहेको थियो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष बिष्टले धर्म संस्कृतिकाे जगेर्ना गर्नुपर्ने बताउदै हाेली पर्व पनि सभ्य र सुरक्षित भइ खेल्न आग्रह गर्नुभयो । अध्यक्ष बिष्टले विविध कानुन तथा व्यवहारीक पक्षका बारेमा जानकारी गराउदै शान्तिपूर्ण समाज निर्माण गर्न सबै नागरिक सचेत भई हाेली पर्व मनाउनु पर्नेमा जाेड दिनुभएको थियो ।
त्यस्तै प्रनि बाँनियाले हाेली पर्व अराजक तरिकाले मनाए धनजनको क्षति पुग्ने बताउदै सभ्य र अनुशासित भएर खेल्न उपस्थित विधार्थी भाई बहिनीहरूलाई सचेत गराउनुभएको थियो । यस्तै जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रसनि श्रेष्ठले ट्राफिक नियमकाे बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका सचिव रमिला सापकोटा,सदस्य अच्युतराज मिश्र,सिताराम पौडेल ,नबराज काेइराला,विधालयका शिक्षक, विधार्थीहरुकाे सहभागीता रहेको थियाे ।