हेटाैँडा/ नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियानकाे क्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले विभिन्न षडयन्त्र र घेराबन्दीकाे बीचमा पनि लाेकप्रिय मतमा पहिलाे हुनु नेकपा एमालेले राष्ट्रियता, लाेकतन्त्र, विकास र समृद्विकाे लागि लिएकाे अडान र भूमिकालाई नेपाली जनताले अनुमाेदन गरेकाे बताउनु भयाे । नेता गुरूङ्गले पार्टी नेता र कार्यकर्तामा सिद्वान्त र व्यवहारमा एकरूपता ल्याउने र एकठिक्का भएर क्रियाशिल हुन, पार्टीलाई बलियाे र पहिलाे बनाउन मिसन ग्रासरूट  भएकाे दावि गर्नुभयाे । जनप्रतिनिधि, सामाजिक, सामुदायिक संगठन र पार्टीबीचमा समन्वय गरेर कार्य गर्दा जनताकाे हितमा बढि कार्य गर्न सकिने बैठकमा सुझाउनु भयाे ।
उहाँले नेकपा एमाले ईमान्दार, अनुशासित कार्यकर्ता र जनआधारित बलियाे कम्युनिष्ट पार्टीकाे लागि सुदृढ र विस्तार कार्य निरन्तर सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे । अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माण गर्न वडाकाे टाेल टाेलमा जनता र कार्यकर्ताकाे बीचमा जाने हेटाैँडा ११ नं. वडा कमिटीकाे बैठकले निर्णय गरेकाे छ ।
बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा उपसचिव प्रभाकर पुडासैनी बताउनु भयाे ।

पार्टी वडा अध्यक्ष कृष्णप्रसाद उप्रेतीकाे  अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गाेपाल श्रेष्ठ, सम्राट तुम्बाहाम्फे, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू फूर्वा दाेर्जेलामा, सुनिल मुक्तान, सुमित्रा काफ्ले, जुना दाहाल, मदन दाहाल जिल्ला सदस्य रामचन्द्र न्याैपाने, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिव उर्मिला श्रेष्ठ तथा जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।