मकवानपुर – मकवानपुर प्रहरीले लागूपदार्थ सेवनगरी सवारी साधन चलाउने तीन जना चालकलाई नियन्त्रणमा लिएको छ । हेटौंडा–भीमफेदी, कुलेखानी–फाखेल हुँदै काठमाण्डौं रुटमा सवारीका साधन चलाउने चालकको मादक पदार्थ सेवन गरेको र लागूपदार्थ सेवन गरे नगरेको जाँच गरेर पठाउने क्रममा तीन जना चालकले लागूपदार्थ सेवन गरेको प्रमाणित भएपछी प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १ तिरतिरे धारा स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा लागूपदार्थ सेवन गरेको जानकारी पाएपछी नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । उक्त रुटमा चल्ने बिभिन्न साना तथा ठुला सवारी साधनहरुलाई रोकी चालकहरलाई किट मार्फत लागूपदार्थ सेवन गरेन/गरेको जाँच गर्दा ३ जना चालकमा लागूपदार्थ पोजेटिभ देखिएकोले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।