राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) का नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबाल ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो । राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि नेकपा (एमाले) का नेता नेम्वाङ र नेपाली कांग्रेसका पौडेलको उम्मेदवारी रहेको छ ।