हेटौँडा । बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्बरको सुरुवात गरिएको छ । टोलफ्रि नम्बरको उद्घाटन् आज प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेलले गर्नुभएको हो । अब प्रदेशभरीका किसानहरुले आफ्ना समस्या मन्त्रालयमा सिधै पैसा नलाग्ने नम्बरमा फोन गरेर टिपाउन सक्नेछन् ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले निशुल्क टेलिफोन सेवाको सुरुवात गर्दै टोल फ्रि नम्बर किसान सहित सरोकारवालाहरुको समस्या सुन्नको लागि सुरुवात गरिएको बताउनुभयो । मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाई रहेको छ । टोल फ्रि नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनिहरुको समस्यालाई समाधान गर्न मन्त्रालयले काम गर्ने मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले वताउनुभयो ।











