प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच आज बालुवाटारमा छलफल भइरहेको हो । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिंदै गइरहेका बेला उहाँहरु बीच भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ । छलफल राष्ट्रपति निर्वाचनमै केन्द्रित रहेको बताइएको छ । यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत छन् सङसँग भेटवार्ता गर्र्नुभएको थियो ।