फाेटाे साैजन्यः दिक्षान्स खड्का

हेटौंडा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा पराजित गर्दै एपिएफ क्लव हेटौंडामा जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको क्वाटरफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गरेकाे हाे ।

No description available.
फाेटाे साैजन्यः दिक्षान्स खड्का

निर्धारित ९० मिनेटको खेल गाेलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । ट्राइबेकरमा एफिएफका गोल रक्षक राजु नगरकोटीले आर्मीका नवयुग श्रेष्ठ र दीपक गुरुङको बल रोक्न सफल भए । आर्मीको तर्फबाट टेक बुढाथोकी र विकास खवासले गोल गर्न सफल भए । यता एपिएफको तर्फबाट नवीन लामा, सुदीप शिखाकार, सनिश श्रेष्ठ र दिपेश धिमालले गोल गरेका थिए । प्रतियोगितामा एपिएफको गोल रक्षक नगरकोटी म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

No description available.
फाेटाे साैजन्यः दिक्षान्स खड्का

जारी प्रतियोगितामा भोली शुक्रबार मनाङ मस्याङ्दी क्लव र मकवानपुर ११ बीच खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।