हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवशका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको आयोजनामा स्थापना दिवशका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम भएको हो । आयोगको ३२ औं स्थापना दिवसको अवसरमा रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।