हेटाैंडा – बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले आज एक विज्ञप्ति प्रकाशित गर्दै जन युद्ध दिवस मनाउन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे जानकारी दिनुभयाे । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता सापकोटाले जानकारी दिनुभयाे ।