हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेली दर्शकलार्ई नचाएकी छिन् । उनले आफ्नो व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् ।
उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को मायाजाल… लगायत लोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशन मार्फत दर्शकहरुलाई हसाएका थिए ।
महोत्सवको नवौं दिन विहीबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीत संगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेका थिए । भोली शुक्रबार चर्चित व्याण्डकर्मा व्याण्डको प्रस्तुी रहनुका साथै गायक मानस राज र ऋतु कंडेलको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । महोत्सवमा विहीबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ७ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगितार हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजकजनाएको छ । विहीबार आइडलका प्रतिस्पर्धी दीपा स्याङ्तान बाहिरेकी छिन् ।
महोत्सवलाई शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको छ । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषितथा पशुपन्छी विकास मन्त्रालय रहेको महोत्सवकामुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ ।












