हेटौंडा÷मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिनशनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकनगरेको र महोत्सवमा रहेकाविभिन्न वस्तु र मनोरञ्जन तथाखानाहरुको समेत गरि करिब ४० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायककिरण भुजेलले हेटौंडेलीदर्शकलाई आफ्नो सांगीतिक प्रस्तुतीदिदैं झुमाएकाथिए । उनीहरुलेविभिन्नआफ्नागीतहरु प्रस्तुतगर्दैमहोत्सवको रौनकलाई अझ तताएका थिए ।
महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई हसाउँदै आफ्नो प्रस्तुती दिएका थिए । प्यारोडी गीत, क्यारिकेचरमा पोख्त रहेका चर्चित हास्य कलाकार राजा राजेन्द्रले महोत्सवमा दर्शकलाई हसाएका थिए । भोली आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, स्याण्डअप कमेडियन सीता न्यौपानेको धमकेदार प्रस्तुती रहने र हरेक दिन दर्शकहरुको संख्या वृद्धि भइरहेको महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजकएवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
महोत्सवलाई हेटौंडाको उत्पादन शिवमसिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपालब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठोबाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीर मौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फनपार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्रीवितरण भइरहेको संघका महासचिव दिपकउप्रेतीले बताउनुभयो । ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ । आजको महोत्सवको प्रमुख अतिथि बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल रहनुभएको थियो ।