मकवानपुर । मकवानपुरमा सञ्चालन हुँदै आएको सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता स्थानीय तहका लागि बालुवामा पानी ! सरह भएको छ । जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको प्रतियागितामा मकवानपुरको स्थानीय तहहरुको आर्थिक सहयोग रहने गरेको छ । तर, लगानी अनुसारको प्रतिफल नहुँदा गरेको लगानी बालुवामा पानी सरह भएको हो ।
जिल्लाका स्थानीय तहहरुले गोल्डकप सञ्चालनका लागि सम्पूर्ण लगानी गर्ने गरेका छन् । अघिल्लो वर्ष गोल्डकप सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख, जिल्ला समन्वय समिति र अन्य स्थानी तहले ५/५ लाखका दरले सहयोग गरेका थिए । तर, स्थानीय तहको लगानीबाट मकवानपुरको खेल क्षेत्रमा के प्रगती भयो, कति खेलाडी उत्पादन भए र ती काँहा छन् भन्ने लेखा जोखा नै छैन् ।
जिल्ला समन्वय समितिको संयोजनमा स्थानीय तहहरुले खेलाडी उत्पादन हुनेछ र यसबाट खेल क्षेत्रको विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ गोल्डकप सञ्चालनका लागि लगानी गरेका थिए । तर, मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको नामबाट सञ्चालन हुँदै आएको प्रतियोगितामा “सहिद स्मृति” नाम जोडिनु बाहेक अन्य कुनै उपलब्धी हुन सकेको छैन् । भने, स्थानीय तहले लगानी गरेर मकवानपुरका खेलाडीहरु विदेशिनबाट रोकिएको छ ? नयाँ खेलाडी उत्पाद भएको छ ? वा स्थानी तहले गरेको लगानीबाट के फाईदा भयो भन्ने जवाफ कसैले दिने अवस्था छैन् ।
यसै पनि स्थानीय तहहरुलाई अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको भन्ने आरोप बारम्बार आउने गरेको छ । कतिपय स्थानीय तहले अघिल्लो वर्ष गरेको आर्थिक सहयोगमा महालेखा परिक्षकले बेरुजुसम्म देखाएको छ । भने, कतिपय स्थानीय तहमा सोहि बिषयलाई लिएर आन्तरिक विवादसम्म हुने गरेको र अख्तियारमा मुद्धा समेत खेप्नु परेको छ । यस्तोमा गोल्डकप सञ्चालनका लागि गरिएको लगानी बालवामा पानी खन्याए सरह नै भएको देखिन्छ ।
स्थानीय तहले गरको उक्त लगानीबाट फुटबल एकेडेमी नै सञ्चालन गर्न सकिने र खेलाडी उत्पादन गर्न सकिने कतिपयको भनाई छ । भने, कतिपयले यसलाई राम्रो समेत भनेका छन् । तर, वास्तवमा हालसम्म गोल्डकप सञ्चालनबाट भयो के ? अन्यौल नै छ । त्यसैले अब स्थानीय तहले गरेको लगानीको प्रतिफल खोज्न जरुरी छ । अन्यथा लगानी बालुवामा पानी नै हुने छ । जिल्ला फुटबल संघले पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २९ गतेबाट सुरु गर्दै छ ।