file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । पोखरामा आज बिहान विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको हो ।
विमान दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, मातहतका सुरक्षानिकाय तथा सम्पूर्ण निकायलाई निर्देशन समेत दिनुभएको छ । काठमाण्डौबाट पोखराका लागि ६८ यात्रु र ४ जना चालक दलका सदस्य रहेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित दुर्घटना भएको हो । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।