बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले सरकार गठनका लागि आव्हान गरेको ५ दिनको समयसमय भोली सकिदै छ । भोली सम्म् सरकार गठनका लागि सत्तारुढ दलहरुका बिचमा छलफल कायमै छ । को मुख्यमन्त्री बन्ने भन्ने कुरा अझै टुङ्गी सकेको छैन । यस प्रदेश संगै अरु प्रदेशको पनि एकै पटक टुङ्गो लगाउने भएकाले त्यसमा दलका नेताहरुका बिचमा सहमती हुन बाँकी रहेको बताइएको छ ।
भोली सम्म बागमती प्रदेशको सरकार निर्माण भइसक्ने भएकाले सत्तारुढ दलहरुका सांसदको हस्ताक्षर संकलनका लागि हेटौंडा आउन थालेका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेको समय भोली दिउसो ४ बजे सकिदै छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्क्री नियुत्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । वाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ । मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । केन्द्रका शीर्ष नेताहरु भने पुस २६ गते संघीय सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिएपछी मात्र प्रदेशको भागवण्डा गर्ने तयारीमा छन् । वाग्मती प्रदेशमा दोस्रो ठूलो दल रहेको एमालेको मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । केन्द्रले भागवण्डा मिलाउँदा भने त्यसलाई स्वकीकार गर्न पनि तयार छ । एमालेले जगन्नाथ थपलियालाई दलको नेता चयन गरेको छ । माओवादीले हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई दलको नेता चयन गरेको छ । सरकार बनाउन निर्णायक रहेको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ । राप्रपाबाट उद्धव थापा मुख्यमन्त्रीको दाबेदार छन् । ‘हामी सरकार बनाउन निर्णायक छौं, संघीय सरकारलाई समर्थन गरेका छौं, सरकारमा गएका छैनौं,’ उनले भने, ‘वाग्मतीको मुख्यमन्त्रीमा हाम्रो मुख्य दाबी हो ।’