मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी हुनु भएको छ । आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमै राप्रपाका राम प्रसाद दाहालले ३६९, नेकपा (एकिकृत समाजबादी) का नारायण प्रसाद तिमल्‍सिनाले १३२ मत, जनता समाजवादी पार्टी नेपालका मान बहादुर माझीले १२४ मत र नेकपा मालेका कुमार बहादुर संजेलले २६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री ९ हजार ५२२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा राप्रपाकी सावित्री राईले ४६४, जनता समाजवादी पार्टी नेपालकी मिरा वाईवाले ८० र नेकपा एकिकृत समाजबादीकी उर्मिला राईले ६५ मत प्राप्त गर्नुभएको थियो ।