पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज बुधबार दुई खेलहरू हुँदैछन् । बुधवारको पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौँ नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ। सात खेल खेलेर ४ जित तथा ३ हार हात पारेर ८ अंक सहित काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
आठ खेलमा सात जित हात पारेको लुम्बिनी १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौँलाई ३५ रनले हराएको थियो । बुधबार नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। सात खेलमा दुई जित पाँच हार सहित विराटनगर ४ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौँ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।