मकवानपुर – मकवानपुर प्रहरीले ३५४ बोतल लागुऔषध वनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१० स्थित बसपार्क भित्रि सडकबाट लागुऔषध वनरेक्ससहित सोहि स्थान बस्ने ३८ वर्षीय नरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित बसपार्कको भित्री सडक खण्डमा सोही ठाउँ बस्ने श्रेष्ठले आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा ३५४ बोतल लागूऔषध वनरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । उक्त लागूऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।