रिपेश दाहाल

हेटौंडा– प्रदेश ३ का उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री अरुण नेपालले जनताहरुको जीवनस्तर उकास्न तीनै तहको सरकार लागीरहेको बताउनुभएको छ । जनचाहना अनुसार देशमा स्थीर सरकार बनेको र कम्तीमा पनि पाँच वर्षको लागि काम गर्नेगरीको सरकार बन्दा जनताका धेरै समस्याहरु समाधान भएको उहाँको धारणा थियो ।
संयुक्त राज्य विकास कार्यक्रम (यूएनडिपी) द्वारा आज हेटौंडामा आयोजित मानव विकास प्रतिवेदनमाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री नेपालले मानव विकासको आधारको रुपमा जनताले स्थीर सरकार प्राप्त गरेको बताउनुभयो । आयात घट्नु र निर्यात बढ्नु भनेको यो सरकारको सफल नीतिका कारण प्राप्त उपलब्धी भएको उहाँको भनाई थियो । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले नेपालको आर्थिक बृद्धिदरमा उल्लेख्य सुधार भएको बताउनुले पनि सरकारका कदमहरु जनताका जीवनस्तर उकास्न र जनतालाई खुशी दिन तर्फ केन्द्रीत छ भन्ने बुझ्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री नेपालले जनताहरुले आफ्नो “फाईल” बोकेर सिंह दरवार धाउने परम्परा पूर्णरुपमा अन्त्य गरिने बताउनुभयो । जनप्रतिनिधि तथा कर्मचारी भनेको जनताको सेवक भएकोले जनताको सेवाका लागि घरघर जानुपर्ने उहाँको धारणा थियो ।
समाज र राष्ट्र विकासमा विश्वविद्यालयहरुको उल्लेख्य भूमिका हुनुपर्नेमा हाम्रो देशको सन्दर्भमा त्यस्तो हुन नसकेको बताउदै मन्त्री नेपालले हाम्रो देशमा विगत लामो समयदेखि ज्ञान केन्द्रका रुपमा त्यस्ता निकायहरु रहेको भएपनि आवश्यक पर्दा त्यसको सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।
यसैबीच ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस हेटौंडामा पनि मनाइएको छ । ं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजको आयोजनामा ¥याली तथा कोणसभा गरिएको हो ।